बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो (अपडेट)

विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो (अपडेट)

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। शुक्रबारसम्म ६ जनाको मृत्यु भएकोमा शनिबार उक्त संख्या बढेर ११ पुगेको हो।
 |  शनिबार, चैत १, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत १, २०७६

धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। शुक्रबारसम्म ६ जनाको मृत्यु भएकोमा शनिबार उक्त संख्या बढेर ११ पुगेको हो।

होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्यु भएको आशङ्का गरिएको छ।

मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा, नीरश यादव, राजु महरा, भुनटुन सदा, दसै सदा र विजय महरा रहेका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटनाबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए। अन्य चारजनाको रम्दैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारवाही सुरु गरिएको जनाइएको छ। अहिले पुरै गाउँ शोकमा डुवेको छ।

मदिराबाट मृत्यु हुनेको संख्या ६ पुग्यो (अपडेट)

होलीमा अत्याधिक मदिरा पिउँदा धनुषामा पाँचजनाको मृत्यु, सबैको पहिचान खुल्यो

प्रकाशित: Mar 14, 2020| 06:44 शनिबार, चैत १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।