बिहीबार, भदौ ४, २०८३

सुनको मूल्यमा साताभर उतारचढाव, आज ३ हजार घट्यो

नेपाली बजारमा सुनको मूल्य केही महिनायता बढ्दो क्रममा छ। यो साता भने सुनको मूल्यमा घटबढ भइरह्यो।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य केही महिनायता बढ्दो क्रममा छ। यो साता भने सुनको मूल्यमा घटबढ भइरह्यो।

सातो पहिलो र दोस्रो दिन एउटै मूल्यमा कारोबार भएको सुन तेस्रो दिन भने बढेर रेकर्ड नै कायम गर्न पुग्यो।

साताको अन्तिम दिन आज (शुक्रबार) लागि नेपाल सुनचाँदी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ५ सय रुपैयाँ तोेकेको छ। आज एकैदिन तोलामा ३ हजार रुपैयाँले घटेको हो । भोलि (शनिबार) पनि यही मूल्यमा सुन कारोबार हुनेछ।

व्यवसायीहरुका अनुसार मूल्य बढेका कारण बिहे, ब्रतवन्धको सिजनका बाबजुद पनि सुन कारोबार निराशाजनक छ। यही अवस्था रहे चैतमा कारोबार ठप्पै हुने व्यवसायीको अनुमान छ।

साताभर सुनको मूल्य

आइतबार- ८२५००

सोमबार- ८२५००

मंगलबार- ८२७००

बुधबार- ८२३००

बिहीबार- ८१५००

शुक्रबार- ७८५००

 

प्रकाशित: Mar 13, 2020| 04:55 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्