बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण तालिम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण तालिम

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
 |  शुक्रबार, फागुन ३०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ३०, २०७६

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०७६ साल फागुन महिनामा आयोजित सो तालिम कम्पनीको प्रधान कार्यालयका सम्पूर्ण कर्मचारीहरु सहित काठमाडौं उपत्यकाका सबै शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कम्पनीको प्रधान कार्यालय टेकुमा सम्पन्न भएको थियो ।

उक्त तालिम कम्पनीका अनुपालन अधिकृत दिपक कुँवरले दिएका थिए । उनले गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन्, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिएका थिए ।

प्रकाशित: Mar 13, 2020| 03:50 शुक्रबार, फागुन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्