बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ता सम्मानित

एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ता सम्मानित

 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा. लि. र प्रथम बिक्रेता कम्पनीको रुपमा बि एल स्टील प्रा. लि. रहेका छन् ।

‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आबद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउँछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ ।

प्रकाशित: Mar 12, 2020| 04:48 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्