बिहीबार, भदौ ४, २०८३

एनआईसी एशिया बैंक र लेगल रेमिटबीच सम्झौता

 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार सुरु भएको छ।

उक्त सम्झौतापश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लेगल रेमिटबाट रकम पठाएर यस बैंकको रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन्। साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामासमेत पठाउन सकिनेछ।

लेगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरूका आफन्तहरू वा अन्य व्यक्तिहरूले बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन्।

प्रकाशित: Mar 11, 2020| 11:08 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्