बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ७३.७८ अंकले उकालो लाग्यो नेप्से, फराकिलो अंकको घटबढ अस्वभाविक

७३.७८ अंकले उकालो लाग्यो नेप्से, फराकिलो अंकको घटबढ अस्वभाविक

गतसातादेखि घटेको सेयर बजार परिसूचक (नेप्से) बुधबार अप्रत्याशित रुपमा बढेको छ। यसदिन नेप्से ७३.७८ अंकले बढेर १४२३.०३ अंकमा अडिएको छ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

काठमाडौं - गतसातादेखि घटेको सेयर बजार परिसूचक (नेप्से) बुधबार अप्रत्याशित रुपमा बढेको छ। यसदिन नेप्से ७३.७८ अंकले बढेर १४२३.०३ अंकमा अडिएको छ।

मंगलबार ६ प्रतिशतले भन्दा बढीले घटेर समय अगावै बन्द भएको सेयर कारोबार बुधबार बजार खुल्ने वित्तिकै बढ्न सुरु गरेपनि पुनः घटेर १३५० अंकसम्ममा आएको थियो तर फेरि बढेको बजार १४२५ अंकसम्म पुगेको थियो।

बजार विश्लेषकहरु नेप्से यतिठूलो अन्तरले बढ्नु वा घट्नुपर्ने कुनै कारण नभएको बताउँछन्। बजार ठूलो अन्तरले घट्नुमा कोरोनाको डर हुनसक्ने भएपनि यतिठूलो अन्तरले बजार बढ्नुमा कुनै कारण नभएको उनीहरुको दाबी छ।

तर, ब्रोकरहरुकाअनुसार भने कहिलेकाही घट्ने लहर आउँदा बजार घटीरहने र बढ्ने लहर आउँदा बजार बढीरहने गरेको छ। बजार फराकिलो अन्तरले घट्दा राम्रा कम्पनीहरुको सेयरमूल्य पनि घट्ने र सस्तोमा ति कम्पनीको सेयर पाइने हुँदा अनुभवी लगानीकर्ताहरु बजार प्रबेश गरेका कारण पनि सेयर बजार फराकिलो अन्तरले बढेको ब्रोकरहरुको भनाई छ।

यस दिन १८० कम्पनीको २३ हजार २३७ पटकको कारोबारमा २ अर्ब २२ करोड १० लाख ८१ हजार रुपैयाँ बराबरको ५६ लाख २६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन साल्ट ट्रेडिङ्ग, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका कम्पनीहरुले सबैभन्दा बढी कमाएका छन्।

त्यस्तै यस दिन हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य भने १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।

बुधबार व्यापार समूहको समूहगत परिसूचक सर्वाधिक ८.३ प्रतिशत घटेको छ। त्यसैगरी, निर्जीवन बीमाको ७.५८, जीवन बीमाको ६.७ र होटलको ६.०७ प्रतिशत बढेको छ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी २३ करोड ६६ लाख रुपैयाँ बराबरको भएको छ। त्यसैगरी, एनआईसी एशिया, एनएमबि बैंक र हिमालयन डिष्टिलरीको कारोबार रकम १० करोड नाघेको छ।

प्रकाशित: Mar 11, 2020| 10:51 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्