बिहीबार, भदौ ४, २०८३

इटहरीमा टिम्बर क्राफ्टको डिलमिट

 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

सुनसरी । संसारकै उच्चतम प्रविधि प्रयोग गरी नेपालमै ढोकाहरु उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको टिम्बर क्राफ्ट प्रालिले इटहरीमा डिलर मिट सम्पन्न गरेको छ । सुनसरी लगायतका जिल्लाहरुका ढोका विक्रेताहरुको उपस्थितिमा टिम्बर क्राफ्टको इटहरीमा अवस्थित आधिकारिक विक्रेता मामा भान्जा ट्रेडर्सको संयोजना तथा टिम्बर क्राफ्ट प्रालिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेत र मामा भान्जा ट्रेडर्सका सञ्चालक रविन निरौला र माधव घिमिरेले सहभागीहरुलाई टिम्बर क्राफ्टबारे जानकारी दिएका थिए ।

करिब ५० जना व्यवसायी तथा बजार प्रतिनिधी सहभागी रहेको उक्त कार्यक्रममा टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक बस्नेतले ढोकाहरुको बर्तमान बजार र टिम्बर क्राफ्टका उत्पादन बारे चर्चा गरे । सो क्रममा उनले, ‘नेपाली उत्पादनमा आम उपभोक्ताको आर्कषण बढेकोले नेपाली उत्पादनको बजार विस्तार गर्न तर्फ लागौं ।’ टिम्बरका ढोकाहरुको व्यापारभन्दा पनि नेटवर्क विस्तारमा कम्पनी लागेको बताउँदै उनले भने, ‘नेपाली उत्पादनलाई मन पराईदिनुहुने सबैको सेवाको लागि नयाँ–नयाँ डिलर सञ्चालनमा ल्याउँदैछौं ।’

उनले संसारकै उच्चतम प्रविधि अपनाएर बनाइएका घाम, पानी, धुलो आदिले नबिग्रिने उत्पादित ढोकाहरुको बजार विस्तार गर्न टिम्बर क्राफ्ट लागिपरेको बताए । ढोकाहरुबारे जानकारी दिँदै उनले टिम्बर क्राफ्टले उत्पादन गर्ने ढोकाहरु ट्रिटमेन्ट गरेर किराले नखाने, धुलिया नलाग्ने, बाङ्गो टिङ्गो नहुने गरी आधुनिक तरिकाले वातावरणलाई असर नहुने तवरबाट बनाइएका छन ।
त्यस्तै, मामा भान्जा ट्रेडर्सका सञ्चालक रविन निरौलाले इटहरी लगायतका क्षेत्रमा टिम्बर क्राफ्टका ढोकाहरु लोकप्रिय हुँदै गएको बताए । उनले भने, ‘नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफूलाई गर्व लाग्नुको साथै उपभोक्तालाई पनि विश्वास दिलाउन सजिलो हुने बताए ।’

 

प्रकाशित: Mar 11, 2020| 09:36 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्