काठमाडौं– पटक–पटक जुट्दै फुट्दै गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) फेरि एकीकृत हुँदैछन्। दुई पार्टीबीचको एकता घोषणा सभा काठमाडौंमा जारी छ। राष्ट्रिय सभागृहमा जारी एकता घोषणा सभामा राप्रपाका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता छ।
कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) बीच गत शनिबार एकताको सहमति भएको थियो।