मंगलबार, भदौ २, २०८३

विप्वलव कार्यकर्ताले वडाध्यक्षलाई दले कालोमोसो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रुकुमपश्चिमका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन्।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

सुर्खेत- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रुकुमपश्चिमका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन्।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका हुन्।

‘पाँच जनाको समूहले वडा नम्बर–३ कै खौचनमा कालोमोसो देलेर दुव्र्यवहार गरे’ वडाध्यक्ष बुढाथोकीले टेलिफोनमा भने, ‘घटनालगत्तै प्रहरीलाई खबर गरेँ, के–कारणले मोसोदलेका हुन थाहा भएन।’

शुक्रबार साँझ सडकमा हिँडिरहेको बेला विप्लवका कालोमोसो दलेको र प्रतिकार गरेपछि भागेको वडाध्यक्षले बताए।

यता विप्लव नेतृत्वको भातृ संगठन युवा संगठन नेपाल जिल्ला कार्य समिति रुकुमपश्चिमले शनिबार विज्ञप्ति प्रकाशित गरी वडाध्यक्ष बुढाथोकीले विभिन्न योजना र आयोजनामा भ्रष्टाचार गरेको भन्दै कालोमोसो देलेका जनाएको छ।

संगठनका जिल्ला अध्यक्ष लय सहानीले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष बुढाथोकीले भ्रष्टाचार गरेको तथा जातीय विभेद गरेकाले कारबाही गर्नुपरेको उल्लेख गरिएको छ।

यस्तै वडाध्यक्षलाई कालोमोसो दलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रुकुमपश्चिमका डीएसपी सुमित खड्काले दिएको जानकारी अनुसार शनिबार विहान ११ बजेतिर एक जनालाई पक्राउ गरिएको हो।

आठबीसकोट नगरपालिकाबाट एक जनालाई निन्त्रणमा लिए पनि प्रहरीले उनको विवरण भने खुलाएको छैन।

प्रकाशित: Dec 28, 2019| 08:56 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।