काठमाडौं - इसेवाले उपहार योजना सार्वजनिक गरेको छ। जीवनबीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यकासाथ इसेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको हो।
योजनामा कुनैपनि जीवनबीमाको प्रिमियम इसेवाबाट भुक्तानीगर्दा प्रतिकारोबार एकसयसम्म कमाउनुकोसाथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ। यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार रू ५०, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार रू ७५ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार रू एकसय रूपैयाँ इन्सेन्टिभ पाउनेछन्।
यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुनेछ। यो योजना १ मार्च २०२० देखि जुलाई ३१ सम्मलागु हुनेछ। यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ।
पाँचमहिनाको अवधिमा कोहीपनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्सको भुक्तानीगर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन्।