बिहीबार, भदौ ४, २०८३

६ प्रतिशतले घटेपछि सेयर काराेबार बन्द

सेयर बजार परिसूचक (नेप्से) ६ प्रतिशतले घटेपछि मंगलबार कारोबार बन्द भएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) ६ प्रतिशतले घटेपछि मंगलबार कारोबार बन्द भएको छ।

बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेकाे सेयर कारोबारमा एक घण्टा नपुग्दै ४ प्रतिशतले घटेको थियो। त्यसपछि पहिलो पटक सर्किट लागेको थियो।

दोस्रो पटक खुलेको बजार ५ प्रतिशत घटेपछि पुनः सर्किट लाग्यो। बजार तेस्रो पटक खुल्दा ६.०२ प्रतिशतले घटेपछि बन्द भएको हो।

कोरोना भाइरसको त्रासका कारण लगानीकर्ता अत्तालिएका छन्। लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गरी क्यासमै रकम राख्न खोजेका कारण सेयर बजार ओरालो लागेको हो।

प्रकाशित: Mar 10, 2020| 07:54 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्