मंगलबार, जेठ ५, २०८३

मावि शिक्षकको पाठ्यक्रम सार्वजनिक (विशिष्टीकरण तालिकासहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली, गणित, सामाजिक र अंग्रेजी विषयको लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली, गणित, सामाजिक र अंग्रेजी विषयको लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ।

National life

आयोगले खुला प्रतियोगिताका लागि पाठ्यक्रम संशोधन गरी सार्वजनिक गरेको हो।

माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम यसअघि नै सार्वजनिक भइसकेको छ।

शिक्षण अनुमतिपत्र (लाइसेन्स) को नतिजा प्रकाशित भइसकेकाले आयोग विज्ञापनको तयारीमा जुटेको छ।

नयाँ पाठ्यक्रमअनुसार लाइसेन्स प्राप्त गरेका परीक्षार्थीले सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षामा सामेल हुन पाउनेछन्। सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था गरिएको छ।

विषयगत परीक्षाको १०० पूर्णांक तोकिएको छ। पाठ्यक्रमको विशिष्टीकरण तालिकाअनुसार अंग्रेजी, नेपाली, गणित, सामाजिक विषयमा १० अंकका १०/१० वटा प्रश्न सोधिनेछन्। सबै प्रश्न विश्लेषणात्मक हुनेछन्।

समय तीन घन्टा निर्धारण गरिएको छ। यी चारै विषयको प्रश्नपत्र दुई खण्डका हुनेछन्। पहिलो खण्डमा सोधिने प्रश्नहरू शिक्षण विधिसँग हुने आयोगले जनाएको छ। यो ५० पूर्णांकको हुनेछ।

दोस्रो खण्डमा सोधिने प्रश्नहरू संज्ञानात्मक तहसँग सम्बन्धित हुनेछन्। यो पनि ५० पूर्णांककै हुनेछ। प्रत्येक खण्डका लागि अलगअलग उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

मावि शिक्षकको विज्ञापन चैतमा

चारै विषयका पाठ्यक्रम र विशिष्टीकरण तालिका :

प्रकाशित: Mar 08, 2020| 10:09 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्