बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओपोको नयाँ फाइभजी फ्ल्यागशिप ‘फाइन्ड एक्सटू सिरिज’ सार्वजनिक

ओपोको नयाँ फाइभजी फ्ल्यागशिप ‘फाइन्ड एक्सटू सिरिज’ सार्वजनिक

 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– ओपोले आधिकारिक रुपमा आफ्नो नयाँ फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज, फाइन्ड एक्सटू, फाइन्ड एक्सटू प्रो र फाइन्ड एक्सटू अटोमोबिल लाम्बोर्गिनी एडिसन सार्वजनिक गरेको छ ।

सबै उत्पादनहरु मार्फत ओपोले आफ्नो फ्ल्यागशिप फाइभजी प्रतिको प्रतिबद्धता झल्काउन असंख्य अत्याधुनिक प्रविधिको समायोजन उपलब्ध गराएको जनाएको छ । साथै, फाइभजी युगको विभिन्न प्रयोगको अवस्थामा उपभोक्तालाई सहजता प्रदान गर्दै सघाउने सोचका साथ ओपोले ओपो फाइभजी ओम्नी र फ्ल्यागशिप फाइभजी सीपीई उत्पादनहरु पनि सार्वजनिक गरेको बताएको छ ।

सोही कार्यक्रममार्फत् “ओपो फाइभजी ल्याण्डिङ प्रोजेक्ट”मा ११ वैश्विक क्यारियर्सको सहभागिताको पनि घोषणा गरेको छ ।

ओपोका उपाध्यक्ष तथा ग्लोबल मार्केटिङका अध्यक्ष ब्रायन शिनले भने, “फाइन्ड एक्सटू सिरिजको सार्वजनिकले ओपोको हाई(एण्ड उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ ।सन् २०२०मा फाइभजी सर्वव्यापी हुने तयारीमा छ । यस अवस्थामा पार्टनरसँग सहकार्य गर्दै फाइभजी अपनत्वमा सघाउन हामी आशावादी छौँ । मानिसहरुको दैनिक आवश्यकता पूर्तिदेखि विविध स्मार्ट उत्पादनमार्फत वैश्विक प्रयोगकर्ताको जीवनलाई स्मार्ट बनाउँदै लैजाने हाम्रो उद्देश्य हो ।”

प्रकाशित: Mar 08, 2020| 08:41 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्