बिहीबार, भदौ ४, २०८३

एनसेलका 'पे एज यु गो' प्रयोगकर्तालाई डेटा बोनस

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबारबाट संचालनमा आएको छ । यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेलले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात् पे एज यु गोबाट चलाउँदा लाग्ने रु. २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्छ ।

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर आइतबारबाट संचालनमा आएको छ । यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जान्छ ।

जब ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँछज्, खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँदै जानेछन् । ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दा थप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डेटा प्राप्त गर्दै जानेछन् ।

यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नकालागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो रु १० खर्च गरेपछि, प्रत्येक थप रु १० डेटामा खर्च गरे वापत २०–२० एमबी बोनस डेटा तत्काल प्राप्त गर्दै जानेछन् ।

यदि ग्राहकले रु २ मेन ब्यालेन्स डेटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउनेछन् । यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाईने ३९.१६ एमबी र बोनस १९७ एमबी सहित कुल २३६ एमबी डेटा पाउनेछन् ।

प्रकाशित: Mar 08, 2020| 08:32 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्