बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालियो

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्ण खड्गाका अनुसार प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउनुका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको छ।

साथै उनका भाइटल र ल्याब सूचकांकहरु सामान्य अवस्थामा रहेका छन्।

प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ।

समीक्षाको पनि भाईटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको कार्यकारी निर्देशक खड्गाले बताए।

अस्पतालका अनुसार ओलीलाई आगामी सोमबारसम्म अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ। यद्यपि डिस्चार्जपछि पनि उनी बैठक तथा सभाहरुमा सहभागी हुनेछैनन्।

आईसियुमा रहेका ओलीलाई अहिलेसम्म उपचारमा संलग्न टोलीबाहेक कसैलाई भेट्न दिइएको छैन।

प्रकाशित: Mar 07, 2020| 10:37 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।