सोमबार, वैशाख ३१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • बाल संगठनको जग्गामा डा. शाक्यको कमाउ धन्दा, १० वर्षसम्म तिरेनन् भाडा

बाल संगठनको जग्गामा डा. शाक्यको कमाउ धन्दा, १० वर्षसम्म तिरेनन् भाडा

वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कठ्ठा जग्गाको भाडावापतको रकम १० वर्ष एक महिनाभन्दा बढी भइसक्दा पनि नबुझाइ प्रयोग गर्दै आएका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, भदौ २२, २०७८

वीरगंज- वीरगंज पब्लिक कलेजका निर्देशक डा. दीपकबहादुर शाक्यले सम्झैता भएदेखि प्रयोग गर्दै आएको नेपाल बाल संगठनको जग्गा भाडा नतिर्दै दुःख दिने गरेको खुलेको छ। वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कठ्ठा जग्गाको भाडावापतको रकम १० वर्ष एक महिनाभन्दा बढी भइसक्दा पनि नबुझाइ प्रयोग गर्दै आएका छन्।

triton college

तत्कालीन संगठनका सभापति अशोककुमार जयसवालसँगको २०६८ असार २१ गते भएको सम्झौतामा दुई वर्षको लागि मासिक १६ हजार १ सयको दरले र त्यसयता २५ वर्षसम्मको लागि मासिक रु २१ हजार एक सयको दरले हरेक तीन वर्षमा १० प्रतिशत बढाउने गरी सम्झैता भएको थियो। तर, निर्देशक शाक्यले उक्त जग्गाको भाडा एक रुपैयाँसमेत नतिरि प्रयोग गर्दै आएका छन्। 

उक्त सम्झौता अनुसार चौमासिकको पहिलो महिनामा भाडा नतिरेको खण्डमा १० प्रतिशत जरिवानासमेत लिने सम्झौता भएको छ। जसअनुसार हालसम्मको भाडा जरिवानासहित दिएको रकमबाहेक एक करोड २५ लाख ९५ हजार ३५४ रुपैयाँ बक्यौता रकम डा. शाक्यका छोरा शंकल्प शाक्यले दिनुपर्नेमा हालसम्म तिरेका छैनन्। 

२०६८ असार २१ गते स्वर्गीय गोपाल बहादुर शाक्यका नाती तथा दीपक बहादुर शाक्यका छोरा शंकल्प शाक्यसँग करिब १२ कठ्ठा जग्गा २५ वर्षका लागि बहाल दिने सम्झौता गरेका थिए। तर, सम्झौता गरेदेखि हालसम्म संगठनलाई बुझाउनु पर्ने कुनै पनि मासिक रकम नबुझाइ प्रयोग गरिरहेको पर्साका वर्तमान सभापति रामकिशोर सिंह परागले बताए। 

संगठनमा रहेका पदाधिकारी तथा सदस्यहरुले आ-आफ्नो सन्तानको नाममा संगठनको सम्पती भाडामा लिने पाउने प्रवाधान नरहे पनि त्यतिबेला संगठन पर्साको सदस्य रहेका डा.दीपक शाक्यले आफ्नो छोरा शंकल्प शाक्यको नाममा जग्गा भाडामा लिएर श्री आदर्श माद्यमिक विद्यालय चलाइरहेका छन्। तत्कालीन समयमा संगठनको सदस्य रहेका डा. दीपक शाक्यले व्यक्तिगत फाइदा लिन आफ्नै छोराको नाममा १२ कठ्ठा जग्गा बहालमा लिइ आफैं साक्षी बसेर संगठनकै विधानको बर्खिलाप काम गरेको सभापति रामकिशोर सिंह परागको आरोप छ। 

corrent noodles
Metro Mart

वीरगंजस्थित आदर्शनगरमा रहेको नेपाल बाल संगठनको बाल मन्दिरको पुरानो भवनमा रहेको बिजुलीको मिटरको बिलसमेत शाक्यले नतिरेको सभापति परागले बताए। मन्दिरको जग्गासहित १२ कठ्ठमा सञ्‍चालन गरेको श्री आदर्श मावि स्कुलले खर्चेको झण्डै दुई लाख ४४ हजार बराबरको बिल नतिरि मिटर नै उखेलेर फालिदिएका छन्। बाल संगठनको प्राङगणभित्र रहेको पौष्टिक आहारको मिटरबाट संगठनलाई कुनै जानकारी नै नदिइ चोरी गरि बिजुली बाल्दै आएको नयाँ कार्यसमिति बन्दा आफूहरुले थाहा पाएको सभापति परागले बताए।

 विद्युत कार्यालयमा बुझ्दा झण्डै तीन लाख बराबरको पहिलेकै बिजुलीको बिल नतिरेको कार्यालयले जानकारी दिएको सभापति परागले बताए। यो विषयमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराए पनि त्यहाँबाट कुनै प्रतिक्रिया नआएको सभापति परागको भनाइ छ। आफूलाई नागरिक समाजका अगुवासमेत भन्‍ने डा. शाक्यले बिजुली नबालेकोले बिल नतिर्ने भन्दै अटेरी गर्दै आएको सभापति परागले बताए। 

डा. शाक्य शिक्षक पेशासँग जोडिएकोले बक्यौता रकम तिर्न आफूहरु पटक-पटक पत्रचार गर्दै आए पनि उनले नागरिक समाजको अगुवाको दम्भ देखाउँदै करोडौं रकम नतिरेको सभापति परागको भनाइ छ। 

यस विषयमा सम्झौता गरिएका शंकल्प शाक्यका बुवा डा. दिपक शाक्यले बैंक खाता नभएकाले हालसम्म रकम जम्मा गर्न नसकेको प्रतिक्रिया दिए। २०६८ सालमा नेपाल बाल संगठन चल्नै नसक्ने अवस्थामा पुगेकाले आफैं समितिमा भएको नाताले छोरोको नाममा लिजमा लिँदा कम्पाउण्डवाल र माटो पुर्ने भनेर दुई वर्ष समयावधि तोकिएको थियो तर उक्त समयमा वीरगंज महानगरपालिकाले नबनाएकाले आफैंले १५ लाख रुपैयाँ खर्च गरेर बनाएको उनको प्रतिक्रिया छ।

सम्झौता अनुसार कुनै पनि संरचना बनाउँदा लिजमा लिनेले नै बनाउनुपर्ने भए पनि डा. शाक्यले भने १५ लाख नेपाल बाल संगठनले उल्टै तिर्नुपर्ने प्रतिक्रिया दिए। नेपाल बाल संगठनलाई तिर्नुपर्ने एक करोड २५ लाख रुपैयाँमध्ये १० वर्षमा यता कुनै रकम डा. शाक्यले जम्मा गरेका थिएनन्। खाता भए पनि उनले तिर्न मानेका थिएनन्। भर्खरै आएको समितिले पटक-पटक ताकेता गर्दा असारमा आएर दुई पटक गरि १२ लाख रुपैयाँ संगठनको खातामा जम्मा गराएका छन्। 

उक्त १२ लाखमा पनि डा. शाक्यले दुई लाख बढी नै तिरेको दाबी गरिरहेका छन्। जबकी करारनामामा नै तीन महिनाको भाडा नतिरे १० प्रतिशत जरिवाना समेत लाग्‍ने उल्लेख छ। तर शाक्यले खाता नभएको अवस्थामा उक्त रकम कसलाई तिर्ने भन्‍ने तर्क गरेका छन्। 

प्रकाशित: Sep 07, 2021| 17:28 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।