पाल्पा– पाल्पामा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ।
तानसेन नगरपालिका–७, लामीडाडाँमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन–७, का ५५ वर्षीय मधु श्रेष्ठको ज्यान गएको हो।
दुर्घटनामा मृतकका पति एवं मोटरसाइकल चालक हिमाल श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। तानसेनबाट बुटवल जाँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकललाई सोही दिशामा गएको लु२ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।
टिप्पर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।