बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपांगता भएकी महिला बलात्कार गर्नेलाई ९ वर्षको जेल सजाय

अपांगता भएकी महिला बलात्कार गर्नेलाई ९ वर्षको जेल सजाय

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु. ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु. ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताए । स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ साल जेठ १२ गते ती महिलालाई बलात्कार गरेपछि पीडितका आफन्तले प्रहरीमा तामाङविरुद्ध उजुरी दिएका थिए । तत्कालै तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।

रासस

प्रकाशित: Mar 06, 2020| 07:01 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।