बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विष्णु रिमालले भेटे प्रधानमन्त्रीलाई, स्वास्थ्यमा तीव्र सुधार

विष्णु रिमालले भेटे प्रधानमन्त्रीलाई, स्वास्थ्यमा तीव्र सुधार

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र रुपमा सुधार भइरहेको र छिटै नियमित काममा फर्किने सन्देश पठाएका छन्।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र रुपमा सुधार भइरहेको र छिटै नियमित काममा फर्किने सन्देश पठाएका छन्।

ओलीले आफ्नो सचिवालयका सदस्यमार्फत् यस्तो सन्देश दिएका हुन्। प्रधानमन्त्री ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालबीच शुक्रबार बिहान छोटो भेट भएको थियो। भेटमा प्रधानमन्त्री ओलीले छिट्टै काममा फर्कने बताएको सल्लाहकार रिमालले ट्विटमार्फत् जानकारी दिएका छन्।

‘सर्जरीपछि आज पहिलोपटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो । साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिटै म काममा फर्किन्छु भन्नुभयो,’ प्रम ओलीको भनाइ उद्धृत गर्दै रिमालले ट्विट गरेका छन्।

ओलीको मिर्गौैला प्रत्यारोपण अस्ति बुधबार गरिएको हो।

प्रकाशित: Mar 06, 2020| 06:24 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।