काठमाडौं– प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ । शुक्रबार बिहान ११ बजे बसेको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका हुन् ।
सांसद थापाले प्रस्ताव पेश गर्दै कोरोनाविरुद्ध सबै एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने अवस्था देखिएकाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेको बताए । प्रस्तावमा कोरोनासँग जुध्न सरकारले गरेका काम तथा अस्पतालको अवस्थालगायत प्रश्नको जवाफ सरकारले सदनलाई दिनुपर्ने उल्लेख छ।
प्रस्तावको समर्थकमा सांसदहरू सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।
प्रस्तावबारे बैठकमा छलफल जारी छ ।