नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पूरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई रु.१ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव गणेशभक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।