बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमी वायु सक्रिय, आइतबारसम्म हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

पश्चिमी वायु सक्रिय, आइतबारसम्म हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्फयुक्त हावाका कारण नेपालको मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्फयुक्त हावाका कारण नेपालको मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यो भोलि (शनिबार) सम्म नै जारी रहने देखिन्छ।

वर्षा, हावाहुरी, चट्याङ र असिनपानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार आगामी आइतबारसम्मको मौसम पूर्वानुमान यस्तो छ

फागुन २३ गते शुक्रबार

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी भूभागका केहि स्थानहरुमा साथै मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रहने साथै मध्य तथा पुर्वी भू(भागमा आंसिक देखि सामान्य बदली रहि देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

फागुन २४ गते शनिबार

दिउँसोः देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदलि रहनेछ। देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहन्छ।

फागुन २५ गते आइतबार

दिउँसोः देशको पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेनेछ। पूर्वी पहाडी भूभागका एकरदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पुर्वी पहाडी भूभागमा आंसिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: Mar 06, 2020| 05:40 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।