बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबारे प्रतिनिधिसभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिँदै

कोरोनाबारे प्रतिनिधिसभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिँदै

प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिने भएको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस (कोभिड–१९)बारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिने भएको छ।

शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव गर्ने संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

सांसद थापाले कोरोनाविरुद्ध सबै एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने अवस्था देखिएकाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्न लागिएको बताए।

प्रस्तावमा कोरोनासँग जुध्न सरकारले गरेका काम तथा अस्पतालको अवस्थालगायत प्रश्नको जवाफ सरकारले सदनलाई दिनुपर्ने उल्लेख छ।

प्रस्तावको समर्थकमा सांसदहरू सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त देशको सूचीमा राखेको छ।

प्रकाशित: Mar 06, 2020| 03:42 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।