काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जानकारी दिएका छन्।
उनको सबै स्वास्थ्य सूचकहरु सामान्य अवस्थामा रहेको र आजदेखि तरल तथा नरम खानेकुरा दिन सुरु गरिएको छ।
त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
उनलाई पनि आजदेखि तरल तथा नरम खानेकुरा खान दिइएको छ।