काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार परिसूचक (नेप्से) ओरालो लागेको छ । यस मंगलबार बाहेक लगातार ओरालो लागेको बजार आज पनि ५.५ अंकले ओरालो लागेर १४३५ अंकमा अडिएको छ ।
यसदिन विकास बैंक, फाइनान्स, अन्य, लघुवित्त र जीवन बीमा बाहेक सम्पूर्ण परिसूचक ओरालो लागेको छ ।
बिहीबार दिनभरीमा १७९ कम्पनीको २ अर्ब ४५ करोडको कारोबार हुँदा नेपाल लाइफको मात्रै ३७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सातामै एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसदिन दोस्रो सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा एनएमबि बैंक रहेको छ । सो बैंकको १२ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसदिन कमाउनेहरुमा मञ्जुश्री फाइनान्स, राधि जलविद्युत र बोटलर्स नेपाल तराईका लगानीकर्ताहरु रहेका छन् । उनीहरुले यसदिन ८ प्रतिशत भन्दा बढीले कमाएका छन् ।
त्यस्तै यसदिन धेरै गुमाउनेमा नेपाल हाइड्रो र हिमाल दोलखा हाइड्रो रहेका छन् । उनीहरुका लगानीकर्ताले यसदिन ९ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।