बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीको प्रश्न– सेयर बजार बढाउन सरकारले लगानी गरिदिने हो र ?

अर्थमन्त्रीको प्रश्न– सेयर बजार बढाउन सरकारले लगानी गरिदिने हो र ?

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार सुधार नहुनुमा बजारको ‘सेन्टिमेन्ट’ले काम गरेको दाबी गरेका छन्।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार सुधार नहुनुमा बजारको ‘सेन्टिमेन्ट’ले काम गरेको दाबी गरेका छन्। बिहीबार सरकारका निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमति पत्रकार सम्मेलनमा नेप्सेको ओरालो यात्राबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले पछिल्ला दुई वर्षमा सेयर बजारको नीतिगत सुधारका लागि सबैभन्दा धेरै काम भएको दाबी गरे ।

‘सेयर बजारसम्बन्धी नीतिगत व्यवस्था राम्रो छ, मार्जिन लेन्डिङका कारोबारहरु भइरहेका छन्, अनलाइन ट्रेडिङ भइरहेको छ । नेप्सेमा सूचीकृत भएका कम्पनीको अवस्था राम्रो छ तर पनि बजार बढेको छैन । यसको अर्थ बजार विभिन्न हल्लाको भरमा चल्छ हो। अर्को कुरा सरकारले लगानीको वातावरण बनाइदिने हो, आफैं लगानी गर्ने होइन।’

पत्रकार सम्मेनलमा उनले नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको असर नपरिसकेको तर लक्षणहरु भने देखिन लागेको बताए। कोरोनाको असरबारे अध्ययन गर्न अर्थ मन्त्रालयले विज्ञ टोली गठन गरेको र त्यसले काम गर्न थालेको उनले जानकारी दिए। कोरोनाको असर आपूर्तिमा, विदेशी कामदार र पर्यटन व्यवसायमा प्रत्यक्ष परेको बताए ।

प्रकाशित: Mar 05, 2020| 10:22 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्