बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको आशंकामा ३१ नेपाली आइसोलेसनमा, पाँचजनाको रिपोर्ट आउन बाँकी

कोरोनाको आशंकामा ३१ नेपाली आइसोलेसनमा, पाँचजनाको रिपोर्ट आउन बाँकी

नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरेर आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरेर आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले २६ जनाको रिपोर्ट नेगेटिभ आएको र हाल ५ जना टेकु अस्पतालको आइसोलेसनमा रहेको जानकारी दिए ।

अहिलेसम्म कसैमा संक्रमण पुष्टि नभएको उनले स्पष्ट पारे ।

अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालमा कसैलाई संक्रमण नभइसकेकाले मुलुकबाहिरबाट हुन सक्ने संक्रमण रोक्न ध्यान दिइएको बताए । विदेशबाट आउने यात्रु निगरानीमा रहेको एयरपोर्टमा स्क्रिनिङ भइरहेको उउनले जानकारी दिए ।

६ स्थलमार्गमा पनि सुरक्षा प्रबन्ध मिलाइएको र ३७ नाकामा स्वास्थ्यकर्मीको टोली खटिएको उनले बताए ।

प्रकाशित: Mar 05, 2020| 09:40 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।