बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणको आशंका गरिएका एक नेपाली अस्पतालबाट भागे

कोरोना संक्रमणको आशंका गरिएका एक नेपाली अस्पतालबाट भागे

कोराना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका एक नेपाली झ्यालबाट हाम फालेर भागेका छन्। कोरियाबाट आएका उनीमा कोरोना संक्रमणको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं - कोराना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका एक नेपाली झ्यालबाट हाम फालेर भागेका छन्। कोरियाबाट आएका उनीमा कोरोना संक्रमणको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

सुनसरी घर भएका ति व्यक्तिको खोजी भइरहेको तर हालसम्म उनी सम्पर्कमा नआएका प्रहरीले जनाएको छ। अस्पतालमा कोरिया, यूएई र कतारबाट आएका तीन जना नेपाली तथा एक फ्रेन्च नागरिक भर्ना भएका थिए। उनीहरुमा कोरोनाको संक्रमण रहेको वा नरहेको बारे बिहीबार परिक्षण गर्ने तयारी रहेको छ। तर भर्ना भएकामध्ये एक जना भने भागेका अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले जानकारी दिए।

 

प्रकाशित: Mar 05, 2020| 09:06 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।