बिहीबार, भदौ ४, २०८३

बैंकमा सुन राख्नुस्, ब्याज लिनुस्

बैंकमा सुन राख्दा तीनतीन महिनामा नगद ब्याज पाइन्छ। ग्राहकले चोहमा बैंक तथा वित्तीय संस्थाले सुनको ब्याज सुन नै दिनेछन्।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं– सुनका गरहगहना निक्षेपका रूपमा बैंकमा राख्न पाइने भएको छ। बैंकमा सुन राख्दा तीनतीन महिनामा नगद ब्याज पाइन्छ।

ग्राहकले चोहमा बैंक तथा वित्तीय संस्थाले सुनको ब्याज सुन नै दिनेछन्। 

निक्षेपकर्ताले सुन फिर्ता लिन त पाउँछन् नै, प्रचलित बजार मूल्यअनुसार सुनबापत पैसा लिन्छु भने पनि पाइन्छ।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई सुन निक्षेपका रुपमा स्वीकार्न निर्देशन दिएपछि नगद जसरी सुन पनि बैंकमा बचत गर्न पाइने भएको हो।

निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम २५ ग्राम अर्थात् २.१४ तोला सुन निक्षेपका रुपमा स्वीकार्न सक्नेछन्।

सुन निक्षेपको ब्याजदर भने सम्बन्धित बैंक वा वित्तीय संस्थांले तोकेअनुसार हुनेछ। यस्तै सुन निक्षेपको ७० प्रतिशतसम्म ऋण पाइनेछ।

सुन निक्षेपका रुपमा स्वीकार्न बैंक तथा वित्तीय संस्थाले सुनको शुद्धता तथा तौलमापन गर्ने छुट्टै संयन्त्र तोक्नुपर्नेछ।
सुन निक्षेपका रुपमा कम्तीमा तीनदेखि पाँच वर्ष राख्नुपर्ने निर्देशनमा उल्लेख छ।

निक्षेपकर्ताले ब्याजका रुपमा सुन नै लिन चाहेमा त्रैमासिक रुपमा कम्पाउन्डिङ इन्ट्रेस्ट (चक्रीय ब्याज) को फर्मुलाअनुसार गणना गरी निक्षेप अवधिपछि भुक्तानी गर्नुपर्छ। सुनको मूल्य भने सुनचाँदी व्यवसायी महासंघले तोकेअनुसार हुनेछ। 

निक्षेपका रुपमा सुन लिँदा अनिवार्य तरलता अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एससएलआर) गणना गर्न सकिनेछ। तर निक्षेप सीआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्र गणना गर्न पाइनेछ।

सुन निक्षेपका रुपमा राख्दा १० लाखभन्दा बढी मूल्यांकन भएमा स्रोत खुलाउनुपर्नेछ ।

 बैंकले अन्य निक्षेपमा दिएको ब्याजदरभन्दा २ प्रतिशत मात्र बढी दिन सक्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

प्रकाशित: Mar 05, 2020| 08:55 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्