बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘आत्तिएर चाहिनेभन्दा बढी औषधि नकिनौं, बजारमा अभाव छैन’

‘आत्तिएर चाहिनेभन्दा बढी औषधि नकिनौं, बजारमा अभाव छैन’

भारतले औषधि निर्यातमा रोक लगाउने घोषणा गरेपछि यसको असर नेपालमा पनि देखिएको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं– भारतले औषधि निर्यातमा रोक लगाउने घोषणा गरेपछि यसको असर नेपालमा पनि देखिएको छ । मंगलबार भारतले कोरोना संक्रमण फैलिरहेको समयमा औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा लगत्तै उत्पन्न हुने परिस्थितिबारे छलफल गर्न बुधबार औषधि व्यवस्था विभागको आकस्मिक बैठक बसेको थियो । औषधि उत्पादक संघ, आयातकर्ता, वितरक लगायतको बैठकमा नेपालमा अझै तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको निष्कर्ष निकालेको छ।

भारतसँग यो विषयमा कूटनीतिक रुपमा छलफल गर्नुपर्ने समेत बैठकले निष्कर्ष निकालेको औषधि व्यवस्था विभागका सूचना अधिकृत सन्तोष केसीले बताए । कोरोनाको संक्रमणले मुलुक संकटमा फस्न सक्ने भन्दै भारतले अन्य देशमा औषधि निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतले निर्यातमा रोक लगाउँदैमा नेपालीहरु आत्तिनु नपर्ने विभागले बताएको छ । औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले निर्यात रोक्ने भनिएका भारतीय कम्पनीका औषधि कम्तिमा चार महिनालाई पुग्ने गरी आफूसँग मौज्दात रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘भारतले औषधि बन्द गर्ने सूचनापछि बजारमा औषधि पाइँदैन भन्ने एकप्रकारको त्रास पैदा भएको रहेछ, तर हामीसँग अझै तीन–चार महिनालाई पुग्ने औषधि भएकोले डराउनु पर्दैन ।’

आचार्यले आफूहरुसँग पर्याप्त औषधि मौज्दात रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन् । ‘हल्लाको पछि नलागौँ । आत्तिएर धेरै किन्ने वा मौकाको फाइदा उठाउन भन्दै बढी मूल्य लिएर बेच्ने काम नगरौँ,’ उनले भने । भारतसँग पनि औषधि नरोक्न छलफल भइरहेको र बंगलादेशबाट पनि औषधि ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

भारतले सिटामोललगायत २६ प्रकारका औषधि र त्यसको कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि औषधिको अभाव हुने त्रास बढेको छ । गत मंगलबारदेखि भारतले औषधि निर्यातमा रोक लगाएको हो ।

प्रकाशित: Mar 05, 2020| 07:07 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।