बिहीबार, भदौ ४, २०८३

सप्तरीमा स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका– ५ मलेखपुरमा स्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक तिलक भारतीले बताए ।

बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आएका थिए । सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ । रासस

प्रकाशित: Mar 05, 2020| 06:19 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।