नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ । यसरी टाइटल प्रायोजन गरेसँगै अब इपिएल टिभिएस इपिएल २०२० भएको छ ।
इपिएल नेपालको फ्रेन्चाइज क्रिकेटमध्येको लोकप्रिय प्रतियोगिता बन्न सफल भैसकेको छ । राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता यही मार्च १४, २०२० देखि मार्च २८, २०२० सम्म किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने आयोजकले जाएको छ ।
इपिएल २०२० को टाइटल प्रायोजन गर्ने सम्बन्धमा नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सको तर्फबाट साहिल अग्रवाल र इपिएलको तर्फबाट आमिर अख्तरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।