आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा घोराहीमा वित्तीय साक्षरता कार्यक्रम

सिद्धार्थ बैंकद्वारा घोराहीमा वित्तीय साक्षरता कार्यक्रम

 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा फागुन १८ गते दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो ।

कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

प्रकाशित: Mar 05, 2020| 05:53 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्