बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिलो निर्णय नै कार्यान्वयन नभएपछि मन्त्रीको ताकेता

पहिलो निर्णय नै कार्यान्वयन नभएपछि मन्त्रीको ताकेता

फागुन ५ गते पदबहाली गर्दा मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली २०७६ चैत मसान्तभित्र जारी गर्ने निर्णय सदर गरेकी थिइन्।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले पदबहाली गर्दा गरेको पहिलो निर्णय नै कार्यान्वयन हुन सकेको छैन। यसका लागि मन्त्री तुम्बाहाङ्फेले मन्त्रालयका कर्मचारीहरुलाई ताकेता गर्न थालेकी छिन्।

मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली निर्माणलाई तीव्रिता दिन मन्त्री तुम्बाहाङ्फेले कर्मचारीहरुलाई निर्देशन दिएकी छिन्। निर्देशन दिँदै उनले नियमावली निर्माण गरेर ऐन कार्यान्वयनमा सक्रियता देखाउन भनेकी हुन् ।

फागुन ५ गते पदबहाली गर्दा मन्त्री तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐन अन्तर्गत बन्नुपर्ने नियमावली २०७६ चैत मसान्तभित्र जारी गर्ने निर्णय सदर गरेकी थिइन्।

मन्त्रालयका अनुसार हालसम्म ऐन अन्तर्गतका ४ वटा नियमावली जारी भएको छ भने २ वटा विषयका नियमावलीको मस्यौदा सहमति दिई सम्बन्धित मन्त्रालयमा पठाइएको छ।

प्रकाशित: Mar 05, 2020| 05:48 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।