समृद्धिको लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ तथा काठमाडाैं महानगरपालिका वडा नं. २५ का अध्यक्ष निल काजी शाक्यले संयुक्तरुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको उद्घाटन गरे ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालय लाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि रु.२५,००० आर्थिक सहयोग प्रदान गरीयो । सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङले प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरे ।