बैंक अफ काठमाण्डूका ग्राहकलाई काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरी, अनामनगरमा बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीका निर्देशक सुयोग मैनालीले हस्ताक्षर गरे ।