बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिर्गौला पुनः प्रत्यारोपणको चर्चा अन्तर्राष्ट्रिय मिडियामा, चीनमा देखिएन चासो

मिर्गौला पुनः प्रत्यारोपणको चर्चा अन्तर्राष्ट्रिय मिडियामा, चीनमा देखिएन चासो

अमेरिकी अखबारहरु न्यूयोर्क टाइम्स र वासिङटन पोस्टले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको समाचारलाई स्थान दिएका छन्।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दोस्रोपटक सफल भएको विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि महत्वपूर्ण स्थान दिएका छन्। अमेरिकी अखबारदेखि छिमेकी भारतीय मिडियाले पनि ओलीको समाचारलाई स्थान दिएका छन्।

अर्को छिमेकी मुलुक चीनका मिडियामा पनि ओलीको समाचारले स्थान पाएको देखिएको छैन। यसअघि पर्वतारोहणका क्रममा ज्यान गुमाएका आरोहीहरुको आत्माको शान्तिका लागि भएको पूजापाठको समाचार चिनियाँ मिडियाले कभरेज गरेका थिए । यसपटक भने ओलीको समाचार सिन्ह्वा र सीआरआईले समेत हालेनन् ।

अमेरिकी अखबारहरु न्यूयोर्क टाइम्स र वासिङटन पोस्टले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको समाचारलाई स्थान दिएका छन्।

भारतीय अखबार द हिन्दू, समाचार संस्था एनआई र न्यूज १८ ले पनि प्रधानमन्त्री ओलीको समाचारलाई महत्व दिएको देखिएको छ।

कसले के लेखे ?

न्यूज १८

एएनआई

द हिन्दू

द न्युयोर्क टाइम्स

द वासिङटन पोस्ट

 

प्रकाशित: Mar 05, 2020| 05:11 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।