बिहीबार, भदौ ४, २०८३

होलीका बेला समूहमा जम्मा हुन, भिडभाड गर्न नपाइने

रंगहरुको पर्व होली यो वर्ष काठमाडौं उपत्यकामा समूहमा खेल्न नपाइने भएको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं- रंगहरुको पर्व होली यो वर्ष काठमाडौं उपत्यकामा समूहमा खेल्न, होलीका बेला कन्सर्ट र भिडभाडका कार्यक्रम आयोजना गर्न नपाइने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै होलीका बेला भिडभाड र भेला गर्न नपाइने निर्णय गरेको हो । बैठकले एकै ठाउँमा धेरै व्यक्ति भेला हुन नदिने पनि निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएकाले रोक लगाइएको हो ।

होली मात्रै होइन अन्य पर्व, उत्सव, मेलालगायतका नाममा एकैठाउँमा जमघट हुन पनि रोकिएको उनले बताए । यो निर्णय उलंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्ने भएको छ ।

जथाभावी पानी छ्याप्ने, रंङ दल्ने र समूह बनाएर होली खेल्दै हिड्नेलाई पनि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

काठमाडौंबाहेकका अरु जिल्लामा पनि सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको छ । भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको हो ।

यस्तै बुधबारको बैठकले काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने पनि निर्णय गरेको छ ।

प्रकाशित: Mar 05, 2020| 03:53 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।