बिहीबार, भदौ ४, २०८३

गोरखामा भीरबाट जीप खस्यो, वडा सचिवको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–१ धोर्चेतमा भीरबाट जीप खस्दा वडा सचिवको मृत्यु भएको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

गोरखा- गोरखाको आरुघाट गाउँपालिका–१ धोर्चेतमा भीरबाट जीप खस्दा वडा सचिवको मृत्यु भएको छ ।

बा १ च ५५०५ नम्बरको बोलेरो जीप सडकबाट दुई सय फिट तल खस्दा धार्चे गाउँपालिका– ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार राति साढे आठ बजे भएकाे दुर्घटनामा गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङसहित ६ जना घाइते भएका छन् ।

जीप चालक बालचन्द्र गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंङ गुरुङ, सुरज नेपाल र शर्मिला गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ ।

घाइतेमध्ये बालचन्द्र गुरुङको अवस्था गम्भीर छ। घाइतेहरूकाे स्थानीय स्वास्थ्य चौकीमा उपचारर भइरहेकाे र थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Mar 05, 2020| 03:17 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।