बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेहुला-बेहुली बोकेको बस भीरबाट खस्यो, चारजनाको मृत्यु

बेहुला-बेहुली बोकेको बस भीरबाट खस्यो, चारजनाको मृत्यु

जन्तीसहित बेहुला बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

हेटौंडा– जन्तीसहित बेहुला-बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मकवानपुरगढीको जीतपुरभञ्जाङबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्जाङको भीरबाट खस्दा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जर्नएको छ । बुधबार साँझ भएको दुर्घटनामा ४८ जना घाइते भएका छन्।

मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका ७ बस्ने ३२ वर्षीय सोमबहादुर रुम्बा, सोही ठाउँका सोमबहादुर मोक्तान, २४ वर्षीय सुरज लो र नाम नखुलेका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका असई होमबहादुर गोदारले नेपाल समयलाई जानकारी दिए ।

सुरज लोको चितवनको भरपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । करिब एक दर्जन व्यक्ति गम्भीर घाइते रहेको उनले जानकारी दिए ।

बेहुला-बेहुली भने सामान्य घाइते भएका छन् । परिवारका अन्य सदस्यहरु पनि सामान्य घाइतेमात्रै भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसोको विवाह सकेर बेहुली लिएर घरतर्फ फर्किने क्रममा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी भीरबाट करिब ५० फिट तल खसेको थियो ।

प्रकाशित: Mar 05, 2020| 02:47 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।