बिहीबार, भदौ ४, २०८३

नेपालगञ्जबासीले राप्ती नदीको पानी खान पाउने

नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ। यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ।

यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो ।

योजनाअन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ्याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिनीयर सङ्गीता थापाले जानकारी दिए ।

योजना २० वर्ष अघिको हो । विसं २०५६ मा शुुरुआत भएको यो योजनाले त्यसबखत बजेट अभावका कारण पूर्णता पाउन सकेको थिएन । गत वर्ष पुनः शुरु गरिएको यो योजनालाई २०७५–७६ आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिए पनि फेरि दुई वर्ष थप गरिएको छ ।

योजनाको पहिचो चरणमा करिब रु १८ करोड बजेट लाग्ने अनुमान गरिएको छ । डुडुवा गाउँपालिका–४ कम्दीको सिंधनियाघाटबाट १६ हजार ८१७ मिटर पाइप जडान गरी राप्ती नदीबाट ल्याउने गरी योजनाको काम अघि बढाइएको उनले बताए ।

करिब २४ हजार ४७१ घरधुरी रहेको यहाँको जनसङ्ख्या करिब डेढ लाख रहेको छ । यहाँ हाल कारकादोमा रहेको चार लाख २० हजार लिटर र बागेश्वरी मन्दिर नजिक रहेको चार लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्कीबाट पानी वितरण हुँदै आएको छ ।

उनका अनुसार यहाँका करिब चार हजार ५०० घरधुरीले खानेपानी संस्थानको धारा जडान गरेका छन् । बिहान, दिउँसो र बेलुका गरी दैनिक ३५ लाख लिटर पानी प्रयोग हुने गरेको जनाइएको छ ।

अहिले यहाँ शुद्ध पानीको अभाव देखिएको छ । ३०० मिटर गहिराइसम्म हाते धारा जडान गर्दासमेत पर्याप्त पानी भेटाउन सकिएको छैन । यो एउटा दीर्घकालीन समस्याका रुपमा देखिएको छ । सोही अवस्थालाई दृष्टिगत गरी राप्ती सो योजना अघि सारिएको जनाइएको छ ।
रासस

प्रकाशित: Mar 05, 2020| 02:36 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।