बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले भने- म ठिक छु, चिकित्सक भन्छन्- चार/पाँच दिनमै डिस्चार्ज

प्रधानमन्त्रीले भने- म ठिक छु, चिकित्सक भन्छन्- चार/पाँच दिनमै डिस्चार्ज

प्रा.डा प्रेम ज्ञवालीले प्रधानमन्त्रीको अवस्था सामान्य भैसकेको बताएका छन् । उनले यहि रफ्तारमा रिकभरी भयो भने प्रधानमन्त्रीलाई आइतबार वा सोमबारसम्ममा डिस्चार्ज गर्न सकिने जानकारी दिएका छन् ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपरण सफल भएको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

आजको कान्तिपुर दैनिकले 'प्रत्यारोपण गरिएको मिर्गौलाले काम थाल्यो' शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका प्रा.डा प्रेम ज्ञवालीसँगकाे कुराकानीलाई पनि प्राथमिकताका साथ छापेको छ ।

कान्तिपुरसँगको कुराकानीमा डा ज्ञवालीले प्रधानमन्त्रीको अवस्था सामान्य भैसकेको बताएका छन् । उनले यही रफ्तारमा रिकभरी भयो भने प्रधानमन्त्रीलाई आइतबार वा सोमबारसम्ममा डिस्चार्ज गर्न सकिने जानकारी दिएका छन् । यस्तै कुनै जटिलता नआए मिर्गौलादातालाई शनिबार वा आइतबार डिस्चार्ज गरिने पनि उनले बताएका छन् ।

आजको नयाँ पत्रिकाले 'प्रत्यारोपणपछि प्रधानमन्त्रीले भने– म ठीक छु' शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा लेखेको छ– प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेम ज्ञवाली र प्रा.डा. उत्तमकुमार शर्माको नेतृत्वमा बुधबार साढे चार घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षा संग्रौला दुवैको स्वास्थ्य सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।

साँझ ओलीलाई होस आएको छ । शल्यक्रिया गरेका डा. ज्ञवालीले भने, ‘होसमा त साँझ (बुधबार) नै आउनुभएको हो । तर, हामीले आराम होस् भनेर निद्रा लाग्ने औषधि दिएका छौँ । कुराकानी गर्नुपरेमा राम्रोसँग गर्न सक्ने अवस्थामा हुनुहुन्छ । हामीले कस्तो छ भनेर सोध्यौँ, उहाँले ठीक छ भन्नुभयो ।’

यस्तै नयाँ पत्रिकाले विभूषण अब वर्षमा ९५ जनाले मात्र पाउने, प्रदेशले दिन नपाउने शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारले विभूषणसम्बन्धी ल्याउन लागेको नयाँ ऐनमा यस्तो व्यस्था गर्न लागिएको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको आजको नागरिक दैनिकले अर्थतन्त्रमा कोरोना त्रासदी, लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल शीर्षकको खबरलाई मुख्य समाचार बनाएको छ ।

आजको अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था खतरामुक्त शीर्षकमा मुख्य समाचार छापेको छ ।

प्रकाशित: Mar 05, 2020| 01:31 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।