बिहीबार, भदौ ४, २०८३

सुन लुकाउन सहयोग गर्नेविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्य मुलुकबाट अवैध रुपमा भित्रिएको सुन लुकाउन सहयोग गरेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाह्य मुलुकबाट अवैध रुपमा भित्रिएको सुन लुकाउन सहयोग गरेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ।

कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध १६ सय ८५ ग्राम सुन लुकाउन सहयोग गरेको आरोपमा ७ लाख ७ हजार ७ सय रुपैयाँ माग दाबीसहित अख्तियारले विशेष अदालतम बुधबार मुद्दा दायर गरेको हो।

शेर्पाले सांकेतिक भाषाको प्रयोग गरी विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा रहेको सोफा पछाडि अवैधरुपमा भित्र्याइएको सुन फाल्न लगाएर तस्करीलाई सघाउन खोजेको अनुसन्धानको क्रममा खुलेको अख्तियारले जनाएको छ।

थाइ एयरवेजमार्फत २०७६ साल बैशाख ८ गते नेपाल आएका भियतनामी नागरिक फन्थीलोन थाओ र कम्बोडियन नागरिक थेरी वेयलाई शेर्पाले सांकेतिक भाषाको प्रयोग गरी भन्सार प्रमुखको कार्यकक्षमा रहेको सोफा पछाडि सुन फाल्न लगाएको अख्तियारले जनाएको छ। उक्त परिमाणको सुन सोफाको पछाडि भागबाट बरामद भएको थियो।

अवैध रुपमा सुन भित्र्याउने दुवैजना विदेशी नागरिकमाथि पनि कानुनी कारबाहीको प्रक्रिया अघि बढेकाले शेर्पाविरुद्ध सुन लुकाउन लगाई गैरकानुनी रुपमा राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

नक्कली शैक्षिक प्रमाणपत्रधारीविरुद्ध मुद्दा

नक्कली प्रमाण पत्र पेश गरी जागिर खाने एक शिक्षक र नेपाल प्रहरीका नायव निरीक्षक (सई) विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार कालिका प्राथमिक विद्यालय तनहुँको वालविकास तह सहयोगी कार्यकर्ता पदमा कार्यरत शिक्षक कमला वाग्ले (कोइराला) विरुद्ध बुधबार मुद्दा दायर गरिएको छ।

कमलाले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय बाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ती लिएको खुलेको अख्तियारले जनाएको छ।

यस्तै सई उत्तम कार्कीले मगध विश्वविद्यालय बोधगया भारतबाट बीकम उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ।

प्रकाशित: Mar 04, 2020| 13:05 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।