बिहीबार, भदौ ४, २०८३

२४ घण्टे क्वारेन्टाइनमा थिएँः अर्थमन्त्री खतिवडा

नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले आफू २४ घण्टा क्वारेन्टाइनमा बसेको टिप्पणी गरेका छन्।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले आफू २४ घण्टा क्वारेन्टाइनमा बसेको टिप्पणी गरेका छन्। बुधबार पुनः अर्थमन्त्रीको पदभार ग्रहणपछि मन्त्रालय मातहतका कर्मचारीसँगको कुराकानीमा उनले मंगलबारदेखि बुधबारसम्मको २४ घण्टा राजनीतिक क्वारेन्टाइनमा रहेको बताए ।

उनले भने, ‘म २४ घण्टासम्मको क्वारेन्टाइनपछि बल्ल मुक्त भएको छु । मैले भनेकै थिएँ– पुनः भेट हुनेछ । म थप उmर्जाका साथ यो मन्त्रालय सम्हाल्न आएको छु । तपाईंहरुको साथ र सहयोग पहिलेको जस्तै चाहिन्छ ।’

खतिवडाले थपे, ‘म विकासे योद्धा हुँ । म कि कमान्डरले फर्की भनेपछि फर्कन्छु कि त देशमा देखिएको गरिवी, असमानता लगायतका विभिन्न विकासका सूचकहरुमा लक्ष्य अनुसारको प्रगति भएपछि फर्कन्छु ।’

उनले आफूले पहिलो पटक मन्त्रालय सम्हाल्दाश्वेतपत्र जारी गरेको र सो श्वेतपत्र अनुसार गरिएका कामहरु भए–नभएको बारे कर्मचारीहरुलाई राम्रो ज्ञान भएको दावी गरे ।

उनले आगामी दिनमा आफूले बनाएका नीति नियम राम्रोसँग लागू गर्ने, वित्तीय संघीयता पूर्ण रुपमा लागू गराउने, आर्थिक अनुसासन कायम गर्ने, विदेशी लगानीकर्ता र स्वदेशी लगानीकर्ताहरुलाई लगानी गर्नका लागि थप वातावरण बनाउने लगायतका कामहरु गर्ने बताए ।

मन्त्रीको स्वागत कार्यक्रममा अर्थसचिव शिशिर ढुंगानाले पहिले पनि कर्मचारीहरुले अर्थमन्त्री डा. ।खतिवडालाई पूर्णरुपमा सहयोग गरेको र आगामी दिनमा पनि उत्तिकै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि हिजो खतिवडाले राजीनामा दिएका थिए। आज उनी पुनः मन्त्री नियुक्त भएका हुन्। संसद सदस्य नभए पनि ६ महिना उनी मन्त्री हुन पाउनेछन्।

प्रकाशित: Mar 04, 2020| 11:55 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्