शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वर्ल्डलिंकले ल्यायो ३०० एमबिपिएस क्षमताको इन्टरनेट

वर्ल्डलिंकले ल्यायो ३०० एमबिपिएस क्षमताको इन्टरनेट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। वर्ल्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। वर्ल्डलिंकले फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको बताएको छ। 

फोटोन स्किममा ग्राहकले मेस वाइफाइ प्रणालीबाट घरभरि नै उच्च गतिमा इन्टरनेट प्राप्त गर्नेछन्। घरभित्रको धेरै राउटरहरुलाई नेटवर्किङ गरी घरहरुमा भइरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने कम्पनीको दाबी छ। 

मेस वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो। यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकले घरभरि  इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटर सार्न सक्नेछन्।

वर्ल्डलिंकले मुलुकका ११ हजारभन्दा बढी स्थानमा वाईफाई हटस्पट बनाएर सर्वसाधारणलाई निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ।

प्रकाशित: Sep 07, 2021| 15:50 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्