बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर

ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य छ ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– आज (बुधबार) मिर्गौलाको पुनः प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालले पत्रकार सम्मेलन गरी प्रमको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले प्रम ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी दिए । ‘स्वास्थ्यका सबै सूचकांक राम्रो रहेको अवस्था छ । प्रत्यारोपित नयाँ मिर्गौलाले राम्रोसँग काम गरिरहेको छ,’ उनले भने । प्रम ओली कहिलेसम्ममा अस्पतालबाट डिस्चार्ज हुन्छन् भन्नेबारे भने अहिले नै भन्न नसकिने उनले बताए ।

डा. खड्काका अनुसार ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित: Mar 04, 2020| 10:46 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।