काठमाडौं। कृषि विकास बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । उनलाई गत साता अर्थमन्त्रीले सञ्चालक नियुक्त गरेका भने सञ्चालक भएको केही समयपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो । कृषि विकास बैंक सरकारको पूर्ण स्वामित्वको बैंक हो ।
निरौलाले आजै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालबाट पद तथा गोपनियताको शपथ लिइसकेका छन् । नेपाल राष्ट्र बैंकको प्रवक्तासमेत भएका निरौलासँग राष्ट्र बैंकको बैंक सुपरीवेक्षण, नियमन विभागको लामो समयको अनुभव छ।
उनले केही समय नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक समस्याग्रस्त भएको बेला व्यवस्थापनमा पनि बसेर काम गरेहका थिए । निरौला अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर हुन् ।