बिहीबार, भदौ ४, २०८३

कांग्रेसका सबै औपचारिक कार्यक्रम स्थगित

नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले पार्टीका सबै औपचारिक कार्यक्रम केही समयका लागि स्थगित गर्ने भएको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– नेपाली कांग्रेसले कोरोना भाइरसको जोखिम बढ्दै गएकाे भन्दै पार्टीका सबै औपचारिक कार्यक्रम केही समयका लागि स्थगित गर्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सनेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिएसम्मलाई स्थगित गरिएको छ।’

१४ औं महाधिवेशनसँग सम्बन्धित गृहकार्य भने नरोकिने प्रवक्ता शर्माले बताए। उनले कोरोना भित्रिन नदिन सीमावर्ती स्थलमार्गमा पनि कडाइ गर्न सरकारसँग आग्रह गरे। 

यस्तै कांग्रेसले कोरोना भाइरस प्रभावित मुलुकमा हवाई उडान रोक्न पनि सरकारसँग माग गरेको छ।

शर्माले भने, ‘नेपालीकाे उद्धारबाहेक अन्य कार्यमा पनि विशेष ध्यान दिनुपर्छ।’ केन्द्रीय प्रयोगशालामा किट र दक्ष जनशक्ति तयारी अवस्थामा राख्न पनि कांग्रेसले आग्रह गरेको छ।

कांग्रेसले विपतका बेला साझा लक्ष्य लिएर अघि बढ्न सबैसँग आह्वान गरेको छ।

यसैगरी विदेशमा रहेका नेपालीहरूलाई सहयोग गर्न विदेशस्थित नेपाली दूतावास, पार्टी निकट जनसम्पर्क समिति र गैरआवासीय नेपालीलाई आग्रह गरेको छ।

यस्तै कांग्रेसले कोरोना भाइरसविरुद्ध टोलदेखि घरघरसम्म अभियान चलाउने भएको छ। कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको शर्माले बताए।

Image may contain: text

प्रकाशित: Mar 04, 2020| 09:59 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।