काठमाडौं - कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिसबीच एक अर्कासँग सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ।
यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ। जहाँबाट ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन्। सम्झौतापत्रमा फोनपेका तर्फबाट एफ वान सफ्ट ग्रुपका अध्यक्ष विस्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बुधबार हस्ताक्षर गरे।
बैंक र फोन पे बीचको सम्झौताले नेपाल सरकारले अवलम्वन गरेको विद्युतीय माध्यमबाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने बैंकले विज्ञप्ती मार्फत दाबी गरेको छ।