बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हो।

बिहान १० बजे शल्यक्रियाका लागि थिएटरमा प्रवेश गराइएको र अब केहीबेरमा सबै काम सम्पन्न भएर निकाल्ने तयारी भइरहेको डा. अरुण सायमीले जानकारी दिए।

मिर्गौला प्रत्यारोपणपछि पिसाब पास भएको छ भने मिर्गौलाले काम गर्न थालेको चिकित्सकहरुले बताएका छन्।

उनलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि ठिक रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

प्रधानमन्त्री ओलीको यसअघि २०६४ सालमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यतिबेला प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार पुनः मिर्गौला प्रत्यारोपण गरिएको हो।

बुधबार विशेषज्ञ सर्जनहरुको टोलीमा एपोलो अस्पतालमा २०६४ सालमा मिर्गौला प्रत्यारोपणमा सहभागी सर्जन डा. अनन्त कुमार पनि सहभागी भएका छन्।

उनी प्रत्यारोपणको काममा सहभागी नभई ‘अब्जर्भेशन’ मा रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भइरहेको त्रिवि शिक्षण अस्पताल वरपर शुभेच्छुक तथा नेकपा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ।

मिर्गाैला दिएकी समीक्षा अधिकारीलाई अपरेशन थिएटरबाट वार्डमा लगिँदै
मिर्गाैला दिएकी समीक्षालाई अपरेशन थिएटरबाट पाेस्टअपरेटिभ वार्डमा लगिँदै

प्रकाशित: Mar 04, 2020| 09:19 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।